२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सरकारले पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ– प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • मंगलबार, वैशाख १२ २०८०
  • 10.4K
    SHARES

  • images
    सरकारले पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ– प्रधानमन्त्री दाहाल


    काठमाडौं, बैशाख १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको गर्न बाँकी पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आज १२ वैशाख २०७२ सालमा गएको भूकम्पको आठ वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गर्न बाँकी पुनर्निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

    ‘पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    आज  सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन् :

    वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। भूकम्पका कारण घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। भूकम्पपछिको उद्दार, राहत र पुनर्स्थापनामा आर्थिक, भौतिक सहयोग गर्नुहुने र सद्भाव व्यक्त गर्नुहुने सबैप्रति हृदयदेखि सम्मान व्यक्त गर्दछु।

    भूकम्पपछि २०७३ सालमा गठित मेरो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधारहरू एवं सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण, निजी घरहरूको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको थियो। त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रू. १ लाख अनुदान रकम थप गर्ने लगायत जनतालाई राहत दिने महत्वपूर्ण निर्णयहरू गरिएको थियो। 

    पुनर्निर्माणका मुलभूत कामहरू सम्पन्न भइसके पनि अझै केही कामहरू बाँकी नै छ। यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैं सम्पूर्ण नेपालीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend