२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 चितवन क्षेत्र नम्बर २, रवि लामिछाने दोस्रो पटक विजयी


सञ्चार डबली
  • मंगलबार, वैशाख १२ २०८०
  • 16.0K
    SHARES

  • images
     चितवन क्षेत्र नम्बर २, रवि लामिछाने दोस्रो पटक विजयी


    काठमाडौं, बैशाख १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।  यसअघि मंसिर ४ को निर्वाचनमा  निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन् ।लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् ।

    लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए  । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

    एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend