काठमाडौं, बैशाख १२ गते । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०/८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले बताए ।
पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवा लगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहेपछि आज पुनः बैठक बस्न लागेको हो । आर्थिक बर्ष २०८०–८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।

