२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

'एनआरएन द सिङगर' रियलिटि शो आगामी हप्तादेखि शुरु हुने 


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 9.8K
    SHARES

  • images
    'एनआरएन द सिङगर' रियलिटि शो आगामी हप्तादेखि शुरु हुने 

     

    काठमाडौं, २ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको रियलिटि शो 'एनआरएन द सिङगर' को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ ।

    गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमका अनुसार पहिलो शो आगामी आइतबारदेखि रेर्कडिङ गरिने भएको हाे । सो प्रतियोगितमा ६ महादेशका करिब ५ दर्जन प्रतियोगीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार सो प्रतियोगतमा भाग लिन चाहने १५ वर्ष भन्दा माथिका प्रतियोगीहरुले सेप्टेम्बर २२ तारिखभित्र आआफ्नो नाम दर्ता गरि सक्नु पर्ने हुन्छ । “एनआरएन द सिङ्गर” नामक सिंगीङ रियलिटी शो कोभिड महामारी र यसबाट विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभावको कारण स्थगित गरिएको थियो । उक्त कार्यक्रम संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेशनकोे अवसर पारेर पुनः संचालन गर्ने निर्णय गरिएको हो ।

    राजधानी काठमाण्डौमा फाइनल प्रतियोगिता सम्पन्न हुने कार्यक्रममा संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसीे) हरूलाई प्रतियोगी छनोट गरेर पठाउन संघले आव्हान गरेको छ । कार्यक्रम संयोजक गौतमले प्रतियोगितमा नयाँ पुस्ताको सहभागिताले कार्यक्रमप्रति थप विश्वास बढेर जाने बताए । प्रतियोगिताको लागि वरिष्ठ गायक शम्भु राई, गायिका शर्मिला बर्देवा र संगितकार रुपक कुमार शाही समुदा रहेको निर्णायक मण्डल गठन गरिएको छ। कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने गैरआवासीय नेपाली संघले जनाएको छ । कार्यक्रमको व्यवस्थापनको जिम्मा युनिटेक कम्पनी काठमाण्डौले लिएको छ ।

    विस्तृत जानकारीको लागि : एनआरएन द सिङ्गर, सिजन - १ www.nrnthesinger.com मा गएर, Digital Audition को फारम भरेर अथवा audition.nts@nrna.org मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र भिडियो पठाएर भाग लिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend