२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दक्षिण एसियाली राष्ट्रमा अन्तरव्यस्थापिका संघ बनाउने प्रयास भइरहेको छ –अध्यक्ष तिमिल्सिना


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.1K
    SHARES

  • दक्षिण एसियाली राष्ट्रमा अन्तरव्यस्थापिका संघ बनाउने प्रयास भइरहेको छ –अध्यक्ष तिमिल्सिना


    काठमाडौं, वैशाख ११ गते ।  रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्कीका बीच आज भेटवार्ता भएको छ । उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले कमन वेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसदहरुको अन्तरव्यवस्थापिका संघ बनाउने प्रयास भइरहेको बताएका छन् । 

    उनले यस्तो संघ बनाउन दक्षिण एसियाली राष्ट्रहरुको सहयोग संगठन(सार्क) क्रियाशिल बन्न नसक्दा कठिनाई भइरहेको उल्लेख गरे । अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद दक्षिण पुर्वी एसियाली मुलुकहरुको अन्तरव्यवस्थापिका संघ(आइकाओ) को पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताए । 

    उनले यस्ता अन्तरव्यवस्थापिका संघमा आबद्ध हुँदा ती देशहरुका व्यवस्थापिका सञ्चालनसम्बन्धी  अनुभव आदनप्रदान हुने तथा त्यसले संघमा आबद्ध देशहरुका बीचमा आपसी सहकार्यलाई समेत बढाउने बिश्वास व्यक्त गरे । अर्को प्रसंगमा भौगोलिक रुपमा सानो देश भए पनि जातीय, भाषिक, सांस्कृतिक मात्रै होइन जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरुका पर्यटकहरुलाई नेपाल स्वागत गर्न आतुर रहेको अध्यक्ष तिमिल्सिनाले बताए । 

    सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरुको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोबित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतंकवादविरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्वपुर्ण भूमिका खेल्दै आएको बताए । अध्यक्ष तिमिल्सिनासँग सोमबार नै सेन्ट पिर्टसवर्ग सिटीको व्यस्थापीकीय सभाका अध्यक्ष अलेक्जेण्डर ब्लेस्कीले पनि शिष्टचार भेट गरेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष तिमिल्सिना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend