२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

पाकिस्तानलाई हराउदै श्रीलंका एशिया कपको फाइनलमा

उपाधिका लागि भारतसँग खेल्ने


सञ्चार डबली
  • शुक्रबार, भदौ २९ २०८०
  • 12.5K
    SHARES

  • images
    पाकिस्तानलाई हराउदै श्रीलंका एशिया कपको फाइनलमा

    शुक्रबार, भदौ २९, २०८०
    काठमाडौं । रोमाञ्चक खेलमा पाकिस्तानलाई डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार दुई विकेटले हराउँदै साविक विजेता श्रीलंका एसिया कप-२०२३ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको उपाधिका लागि श्रीलंकाले अब आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    बिहीबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिमले निर्धारित ४२ ओभरमा आठ विकेट गुमाएर २५२ रननै बनाएको थियो । वर्षाका कारण खेलको निर्धारित ओभर ४२ ओभरमा झारिएको थियो ।

    श्रीलंकाको जितमा कुशल मेन्डिसले ९१ रन बनाए । कुशलले ८७ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ७७(२ को अवस्थामा रहँदा कुशलले सदीरा समराविक्रमासँग तेस्रो विकेटका लागि १०० रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकासेका थिए । समराविक्रमाले ४८ रन बनाए । चरिथ असलन्काले अविजित ४९, पथुम निसन्काले २९ र कुशल परेराले १७ रन थपे ।

    पाकिस्तानका इफ्तिखर अहमेदले तीन विकेट लिए ।  साहिनसाह अफ्रिदीले दुई र सदाब खानले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २५२ रनको योगफल खडा गरेको थियो ।

    पाकिस्तानका मोहम्मद रिजवानले अविजित ८६ रन बनाएका थिए । रिजवानले ७३ बलमा ६ चौका र दुई छ्क्का प्रहार गरे । अब्दुल सफिकले ५२, इफ्तिखर अहमेदले ४८, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन जोडेका थिए ।

    श्रीलंकाका मथिसा पथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले दुई विकेट लिँदा महीसा थिक्षणा र दुनिथ वेलालागेले समान एक विकेट लिए । जितसँगै तीन खेलबाट चार अंक जोडेको श्रीलंका सुपर फोरको दोस्रो स्थानम रहँदै फाइनल प्रवेश गरेको हो ।

    प्रतियोगितामा भारतले भने शीर्ष स्थानमा फाइनलमा स्थान बनाइसकेको छ । भारतले आज सुपर फोरको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend