२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

लुम्बिनीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो एमाले नेतृत्वको सरकार


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 8.6K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो एमाले नेतृत्वको सरकार


    काठमाडौं, वैशाख ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वतःपदमुक्त भएका हुन।

    गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेको थियो । सरकार निरन्तरताका लागि पाउनु पर्ने ४४ मत मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिए पछि उनी स्वतःपदमुक्त भएका हुन ।

    मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन ।नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनः विश्वासको मत मागेका हुन्।प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दाबी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend