२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

लोकतन्त्रको रक्षाका लागि सबै सजग र सचेत रहनुपर्छ –सभापति देउवा


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.1K
    SHARES

  • लोकतन्त्रको रक्षाका लागि सबै सजग र सचेत रहनुपर्छ –सभापति देउवा


    काठमाडौं, वैशाख ११ गते । लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग र सचेत रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभापति देउवाले यस्तो आग्रह गरेका हुन्।

    सभापति देउवाले भनेका छन्, लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन म आग्रह गर्दछु। यो अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौं भनेर प्रण गरौं।

    उनले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा पटक–पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो प्राणको आहुती दिनेहरुको समर्पण, साहस र वलिदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

     

  • सम्बन्धित विषय:

  • # सभापति देउवा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend