२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिल्म ‘मायावी’मा सुशील सिटौला अनुबन्धित


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 9.3K
    SHARES

  • images
    फिल्म ‘मायावी’मा सुशील सिटौला अनुबन्धित

     

    काठमाडौं, २४ भदौ । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशील सिटौला निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् ।

    निर्देशक भट्टराइले फिल्ममा सुशीललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि अभिनय गरेका होस्टेल रिटन्र्स, गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचोबाट आप्नो कामको निकै प्रशंसा पाएका थिए ।निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए ।

    फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं मुख्य कलाकारको रुपमा फाइनल भैसकेका छन् । पल शाहले करिब २ बर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । नायिका प्रसाँइले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छिन् ।

    क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

    फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend