२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अन्तर्राष्ट्रिय  रोल्पाली सेवा सामाज कतार शाखाको शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न।।।। 


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 24.5K
    SHARES

  • अन्तर्राष्ट्रिय  रोल्पाली सेवा सामाज कतार शाखाको शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न।।।। 

    २०८० वैशाख ११ गते
    कतार - अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले आयोजना गरेको सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सनैया स्थित फुलबारी रेष्टुरेन्ट  सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको नयाँ वर्ष २०८० सालको पावन अवसर तथा इद उल  फितरको उपलक्ष्यमा अनाथ तथा अशक्त बालबालिकाहरुको सहयोगार्थ आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिपेन्द्र डाँगी ज्यूको सभपतित्वमा, प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष श्री नरेन्द्र भाट अनि विभिन्न संघबाट आमन्त्रित अथितिहरुले सामुहिक रुपमा दिप प्रज्वलन, ब्यानर अनावरण सङ्गै कार्यक्रम विधिवतरुपमा शुरु भएको थियो, राष्ट्रिय गान, शहिदहरु प्रति मौनधारण पश्चात संस्थाका उपाध्यक्ष श्री दुर्गा खड्काको स्वागत मन्तव्य कलाकार संयोजक श्री मानसिङ परियारको नेतृत्वमा कलाकारहरुले स्वागत गीत मार्फत उपस्थित हुनु भएका अतिथिहरुलाई स्वागत गरेका थिए ।

    22.jpg
    undefined

    त्यसैगरी कार्यक्रमको बिषयमा जानाकारी गराउँदै संस्थाका संरक्षक श्री गोपाल डाँगी ज्यूले आफ्नो धारणा राख्नु भएको थियो भने प्रमुख अथितीले सामाजिक कार्यमा संस्थाले गरेको योगदान र भूमिकालाई सम्मान गर्नुपर्ने बताए साथै अन्य थुप्रै वक्ताहरुले यस संस्थाले आजसम्म खलेको भूमिकाबारे खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रम अबधिभर सस्थाका विभिन्न सदस्यहरुले  निकै उत्साहजनक तरिकाले आ(आफ्नो भुमिका निर्भाह गर्नु भएको थियो जस्तै अतिथिलाई स्वागत गर्दै गेटमा  कोषाध्यक्ष जित परियार, सहकोषाध्यक्ष ताबिराम घर्ती, लिला बहादुर डाँगी ज्युले राम्रो भुमिका निभाउनु भएको थियो। अझै रोचक कुरा त स्वयंसेवक संयोजक श्री लुद्र खत्री ज्युको नेतृत्वमा खटिएका दर्जन बढी स्वयंसेवक साथीहरूले हलमा उपस्थित सबैलाई केही कसुर बाँकी नराखी  कुशलता पुर्वक जिम्मेवारी बहन गरेको देखेर सबैले निकै प्रशंसा गर्नु भएको थियो। संस्थाका सचिव चित्रा के सी र माया केसीले अतिथिहरुलाई ब्याज हस्तान्तरण गर्दै सम्मान गर्नु भएको थियो।यातायातको ब्यावस्थापनमा नन्द कुमार डाँगी र अम्मर ओली ज्यूले ठुलो सहयोग गर्नु भएको थियो।

    33.jpg
    undefined

    अन्य संघ सस्थाहरुले गर्दै आएको भन्दा पृथक देखिएको कार्यक्रममा सोचेको भन्दा उल्लेखनीय दर्शकहरुको उपस्थिति झन्डै ४०० जना रहेको स्वयंसेवक संयोजक लुद्र खत्री ज्यूले  जानकारी गराउनु भएको थियो । कार्यक्रम अबधिभर थोरै भाषण र धेरै मनोरञ्जन प्रदान गर्ने क्रममा हाम्रो सपना सङ्गीत परिवारका कलाकारहरु गुना मगर निशु, मानसिङ निर्दोष परियार, चित्रा केसी भन्डारी, अमृत लिम्बु, सुरेश बिसी, पुर्ण परियार,भेष बराल लगायतका कलाकारहरुले आफ्नो उत्कृष्ट गायन प्रस्तुतिहरुले दर्शकहरुलाई नचाएका थिए भने नृत्य तर्फबाट शान्ति वली र नेपाल मगर संघका कलाकारहरुले उत्तिकै आकर्षित पारेका थिए, साथै कृष्ण परियारको बासुरीको धुन, अमृत परियारको मादलको ताल र केही थान मुक्तक र गजलका शेरहरुले कार्यक्रममा रौनकता छएको थियो ।

    44.jpg
    undefined

    शोभाराम ओलीको संयोजनमा संस्थाका महासचिव श्री केशर खनालले सहजिकरण गरेको कार्यक्रममा दर्शकहरुको आकर्षणको लागि भाग्यशाली चिठ्ठा कार्यक्रम पनि राखिएको थियो। कुल ४५ ओटा पुरस्कार रहेको कार्यक्रममा  प्रथम पुरस्कार एक तोला अर्थात ११.६६  ग्राम सुन रेशम बि कले हात पार्नु भएको थियो भने क्रमश दोस्रो पुरस्कर टि भि, तेस्रो मोबाइल गरि क्रमश रहेको थियो  साथै कार्यक्रम अनाथ तथा अशक्त बालबालिकाहरुको सहयोगार्थ भएको हुँदा थुप्रै ब्यक्ति र संघ संस्थाहरुले आर्थिक सहयोग पनि गर्नुभएको थियो । पत्रकारको भुमिका निभाउनु हुने सपना संगीतका अध्यक्ष तथा संचार डबलीका रिपोटर श्री प्रकाश दर्नाल ज्युलाई आयोजक कमिटीले विशेष धन्यवाद दिएको थियो ।

    अन्तमा, कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष श्री दिपेन्द्र डाँगीज्यूले संस्था र संस्थाको उद्देश्य बारे प्रष्ट पार्दै उपस्थित हुने सबै प्रति आभार व्यक्त गर्दै  सब्य भब्य रुपमा कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने संस्थाका सम्पूर्ण पदाधिकारी तथा संघ सस्थाहरुलाई विशेष धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend