२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भट्टराई ५ हजारले पछाडि


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 8.8K
    SHARES

  • तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भट्टराई ५ हजारले पछाडि


    काठमाडौं, वैशाख ११ गते । तनहुँमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।  जिल्ला समन्वय समितिको सभाहलमा जारी १६ हजार ३४२ मतगणना सम्पन्न हुदाँ खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन । 
     
    मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले  ९ हजार १९८ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन । बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend