२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तनहुँ–१ अपडेटः (रास्वपा) का उम्मेदवार डा स्वर्णिम  वाग्लेलाई दोब्बर मतको अग्रता


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 7.5K
    SHARES

  • तनहुँ–१ अपडेटः (रास्वपा) का उम्मेदवार डा स्वर्णिम  वाग्लेलाई दोब्बर मतको अग्रता

    सोमबार, ११ बैशाख २०८०,

    तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढीको अग्रता बनाएका छन् । गएरातिदेखि सुरु भएको तनहुँको पछिल्लो मतपरिणाम अनुसार उनले पाँच हजार १९ मत प्राप्त गरेका छन् । 


    यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा दुई हजार ३५१ मत मत प्राप्त गरेका छन् । भट्टराईलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत समर्थन रहेको छ । यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल एक हजार ५४९ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । 


    गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ। तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार तनहुँ–१ मा एक लाख २३ हजार ३०५ जना मतदाता रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend