२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक


सञ्चार डबली
  • सोमबार, भदौ १८ २०८०
  • 7.6K
    SHARES

  • images
    बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक

    २०८० भाद्र १८ गते (सोमवार)

    सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । एसआरआई क्रियशन युट्युबमार्फत सार्वजनिक गरिएको तीजको गीत उत्साहजनक रुपमा हेरिएको छ ।

    खासगरी नेपाली मौलिकतालाई समेटेर तयार गरिएको गीत नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं वरिष्ठ अधिवक्ता मोहन इङ्नामले एक समारोहबी विमोचन गर्नुभएको हो । गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीले स्वर दिनु भएको छ । शव्द रचना वसन्त योगीले गर्नु भएको हो भने यसलाई संगीत तथा एरेन्ज पुष्कर सुनुवारले गर्नुभएको हो ।

    कल्ले खायो दरमा चर्चित मोडेल अञ्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको छ । त्यस्तै गीतको भिज्युअलमा आमाको भूमिका कृष्णकुमारी महतले निभाउनु भएको छ । प्रशान्त मगरको निर्देशन र अजय रेग्मीको छाँयाङ्कन एवं प्रविन भट्टको सम्पादन रहेको म्युजिक भिडियो पूर्ण प्याकेज देखिन्छ ।

    गाउँबस्तीमा चलनचल्ती रहेका सर्वसाधारणले बुझ्ने सहज शव्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियोका निर्देशक प्रशान्त मगरले बताउनुभयो । गीत अनि म्युजिक भिडियोमा नेपाली मौलिकता देखाउन खोजिएको हुँदा दर्शक श्रोताले औधी मन पराइदिने निर्माताले बिश्वास लिएका छन् ।

    भिडियो हेर्नुहोस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend