२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तीनवटै उपनिर्वाचन क्षेत्रको मतगणना आजै थालिने, परिणाम आउन ढिलाइ नहुने


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 9.3K
    SHARES

  • तीनवटै उपनिर्वाचन क्षेत्रको मतगणना आजै थालिने, परिणाम आउन ढिलाइ नहुने

    आइतबार, १० बैशाख २०८०,

    काठमाडौँ । आइतबार सम्पन्न तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ । मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए । 

    आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उनको भनाइ छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend