२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

महानायक राजेश हमाल बेलायतमा, यी कार्यक्रमा सहभागि हुने


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 11.9K
    SHARES

  • images
    महानायक राजेश हमाल बेलायतमा, यी कार्यक्रमा सहभागि हुने

    काठमाडौ, १७ भदौ । अभिनेता तथा महानायक राजेश हमाल बेलायत पुगेका छन् । विदेशमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत गएका हुन् । शनिबार राति लण्डन पुगेका हमाल एक महिना बेलायतमा रहने छन् ।

    उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् । हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् ।

    महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागि हुने छन् । लगत्तै यही शिलशिलामा उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन् । विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् ।

    उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् । त्यतिमात्रै नभएर उनीहरुसँग भएको अनुभव र दक्षतालाई नेपालसँग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend