२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायिका शान्ति श्री परियारको तिज गीत “बरिलै माईती कै याद आको, सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , भदौ १४ २०८०
  • 15.6K
    SHARES

  • images
    गायिका शान्ति श्री परियारको तिज गीत “बरिलै माईती कै याद आको, सार्वजनिक

    काठमाडौं १४ गते । यो वर्षको तीज पर्व नजिकिए सँगै कलाकारका युट्युबमा पनि पछिल्लो सामाग्रीमा तीज गीत नै भेटिन्छन् । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । तीजको संस्कृती र मर्मलाई जीवन्त राखिएका केहि गीत पनि सार्वजनिक भएका छन् ।

    समाज परिर्वतनको प्रभावकारी सेवा मानिने गीतहरु सरल सभ्य संस्कृती झल्काउने सकारात्मक सन्देश दिने हुनुपर्छ । यस गीतले पनि चेलिलाई माइतीको कति माया हुन्छ । घरमा परिपूर्णता हुँदा हुदै पनि माईत जाने, बालापनको साथि संगी संग रमाउने, आमाले बनाएको खाने कुरा माउदै खाने जस्ता कुराले सताई रहन्छ तर माइती जान सम्भव नभएपछि आफ्नै घरमा नन्द अमाजुसंग रमाउदै  खुशी हुदै ब्रत बस्ने मन्दिर जाने, तीजको गीत गाउने नाच्ने, सेल्फी खिच्ने, टिकटक बनाउने कुराहरु गीतमा समावेश छन् । 

    गायिका शान्ति श्री परियारको स्वर, उर्मीला ढुङगाना सुबेदीको शब्द रचना , वि.पि. वाग्लेको संगीत र भद्र वलीको एरेन्ज रहेको छ । यस तिज गीतमा लोकप्रिय मोडल अन्जली अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ । अविशेक वाग्लेको निर्देशन तथा नृत्य निर्देशन, भिडियोमा रक कौसलको छाँयाकन र ओम प्रकाश अवस्थीको सम्पादन रहेको छ । यस मौलिक तिज गीत माईती कै याद आको मिसन इन्टरटेनमेण्ट युटूव च्यानलबाट  बजारमा आएको छ । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend