२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिला टी–ट्वान्टी आई सिरिज : फाइनल खेलमा नेपाल र हङकङ


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 9.9K
    SHARES

  • images
    महिला टी–ट्वान्टी आई सिरिज : फाइनल खेलमा नेपाल र हङकङ

     

    काठमाडौं, ९ भदौ । नेपालले चारदेश सम्मिलित महिला टि २० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह्र ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ ।

    नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराएपनि मलेसिया फाइनलमा पुग्न सकेन । नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भएपनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

    नेपालले सोमबार थाईल्यान्डसँग पनि अन्तिम अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।समूह ए मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

    फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछ ।रुविना क्षेत्रीको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल टिममा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend