२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ


सञ्चार डबली
  • बिहीबार , भदौ ७ २०८०
  • 13.7K
    SHARES

  • images
    फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ

    काठमाडौ, ७ भदौ । रेखा फिल्म्स र कपनगढ़ी सिनेमाको तर्फबाट निर्माण हुने नेपाली फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ भएको छ । आजपशुपतिनाथमा पूजा गरेर फिल्म ‘उपहार द जर्नी अफ लाइफ’ को शुभारम्भ गरिएको हो । यो लभस्टोरी र सोसल ड्रामामा आधारित रहेर रेखा फिल्म्स र कपनगढी ब्यानरमा निर्माण हुँदै छ ।

    उपहारको भदौ ११ गतेबाट औपचारिक छायांकन सुरु हुनेछ । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा शर्मा रहेका छन् । निर्देशक ज्ञनेन्द्र देउजाले निर्देशन गर्ने चलचित्रमा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राना, अंशु थापालगायतको मुख्य भूमिका रहने छ ।

    चलचित्रमा अर्जुन पोख्रेल र बाबुल गिरिको संगीत कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, देव गुरुङको सम्पादन, ईश्वर घिमिरेको प्रोडक्सन, बिष्णु कल्पित र फिल्म क्रू नेपाल टिमको छायांकन विष्णु कल्पितको छायांकन रहने छ । डिजिटल पार्टनर ओ एस आर् डिजिटल, नेपाली बजार व्यवस्थापन एफ डि कम्पनी र रिच इन्टरटेनमेन्टले गर्ने भएको छ । यस्तै जापान र कोरियाको बजार ब्यबस्तापन को जिम्मा भने युएनआई इन्टरटेन्मेन्टले लिएको छ ।

    गुरुपूर्णिमामा गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको थियो । बाबुल गिरिले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ । रेखा थापाको ‘उपहार’ मा भारतको चर्चित ब्राण्ड नन्दीनी हर्बलको उत्पादन ‘एनप्लस प्रोफेसनल’ ब्युटी प्रोड्क्ट्सले सहकार्य गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend