२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उपनिर्वाचनका लागि मतदान जारी, साँझ ५ बजेसम्म हुँने


सञ्चार डबली
  • आइतबार, वैशाख १० २०८०
  • 7.7K
    SHARES

  • उपनिर्वाचनका लागि मतदान जारी, साँझ ५ बजेसम्म हुँने


    काठमाडौं, बैशाख १० गते ।  उपनिर्वाचनका लागि मतदान जारी छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

    चितवन–२ बाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ । 

    यसैगरी, बारा–२ बाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । 
     
    बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend