२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

निर्वाचन आयोगको १० बुँदे निर्देशनः मतदानस्थलमा मोबाइल क्यामेरा लैजान निषेध


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 8.7K
    SHARES

  • images
    निर्वाचन आयोगको १० बुँदे निर्देशनः मतदानस्थलमा मोबाइल क्यामेरा लैजान निषेध


    काठमाडौं, बैशाख ९ गते ।  आगामी १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरुलाई मोबाइल लैजान निर्वाचन आयोगले प्रतिबन्ध लगाएको छ ।आज सो निर्वाचन प्रयोजनका लागि १० बुँदे निर्देशन जारी गर्दै आयोगले क्यामारा, मोबाइल लगायत लैजान निषेध गरेको हो । 
     
    ‘मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।

    यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्न, गराउन पनि निर्देशन दिएको छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend