२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चर्चित गायिका मधु क्षेत्रीको तिज गीत “हेर्दिन ऐना ढाटेको हैन, सार्वजनिक – (भिडियो सहित)


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 17.0K
    SHARES

  • images
    चर्चित गायिका मधु क्षेत्रीको तिज गीत “हेर्दिन ऐना ढाटेको हैन, सार्वजनिक – (भिडियो सहित)

    सञ्चारडवली 
    ४ भाद्र २०८०, सोमबार  
    काठमाडौं– नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका छन् । हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका मधु क्षेत्रीले तीज गीत “ हेर्दिन ऐना ढाटेको हैन” लिएर आएकी छिन् ।

    सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र टिकटकमा चर्चा बटुल्दै गएको छ। गीत निकै मेहनत गरेर निकालिएकोले यसपालिको गीत पनि अघिल्लो जस्तै चर्चामा आउने गायीका मधु क्षेत्रीको विश्वास छ। यस अगाडि गायिका मधु क्षेत्रीले ‘ सोचे झै जिन्दगी रैनछ ’ बोलको गीत सार्वजनिक गरिसकेकी छिन् । उक्त गीतले नसोचेको सफलता पायो। टिकटकमा भिडिओ पनि सोही गीतले नै भरिए। गीतको डान्स स्टेपहरू भाइरल नै भए । गीतले छोटो समयमा करोड क्लबमा प्रवेश पायो । सोही गीतकी गायिका मधु क्षेत्री पनि उत्तिकै चर्चामा आइन्।

    गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । काजिस श्रेष्ठको निर्देशन र छाँयाकनमा मोडल रमेश बिश्वकर्मा र गिता ढुंगनाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा सिनेम्याटोग्राफर नवराज उप्रेती र बिकास ज्ञवालीको सम्पादन रहेको छ । चर्चित सर्जक तथा लोकदोहोरी गायक भगिरथ चलाउनेको लय तथा शब्दमा भगिरथ चलाउने र गायिका मधु क्षेत्रीको आवाजमा रहेको तीज गीत “ हेर्दिन ऐना ढाटेको हैन” भगिरथ चलाउने युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा आएको छ ।

    भिडियो हेरेर प्रतिक्रिया दिनुहोला :

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend