२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालको राजनीतिमा विकृतिको भारीले जरो गाडेको छ –अध्यक्ष नेपाल


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 8.9K
    SHARES

  • images
    नेपालको राजनीतिमा विकृतिको भारीले जरो गाडेको छ –अध्यक्ष नेपाल


    काठमाडौं, बैशाख ९ गते । नेपालको राजनीतिमा विकृतिको भारीले जरो गाडेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको उल्लेख गरेका छन् ।

    नेपालले भने, ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरु विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ ।’

    अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताएका छन् । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको उनको भनाई छ । अध्यक्ष नेपालले अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष नेपाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend