२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्छ– गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 8.6K
    SHARES

  • images
    शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्छ– गृहमन्त्री श्रेष्ठ


    काठमाडौं, बैशाख ९ गते । अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा गर्ने बताएका हुन् ।

    आज प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले शान्ति प्रक्रियाको बाँँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको तर पूरा गर्नैपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने उपप्रधानमन्त्री श्रेष्ठले आश्वासन दिएका छन् । उनले मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको भन्दै त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend