काठमाडौं, बैशाख ९ गते । आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।
आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताएका छन्।
उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए। उनले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको समेत बताएका छन्।

