२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन वर्तमान सरकार कटिबद्ध छ –प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 10.1K
    SHARES

  • देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन वर्तमान सरकार कटिबद्ध छ –प्रधानमन्त्री दाहाल


    काठमाडौं, बैशाख ९ गते । जनतालाई सामाजिक न्यायको प्रत्याभूति गराउँदै देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा शएक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो शृङ्खला एवम् विभाजन र एकताका अनगिन्ती अनुभवहरू हासिल गर्दै कम्युनिस्ट आन्दोलन आजको अवस्थामा आइपुगेको बताएका छन् ।

    शुभकामना सन्देशमा उनले भनेका छन् आज नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध छ ।

    अहिले देश विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको बत्ताउँदै प्रधानमन्त्री प्रचण्डले शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व सरकारसामु रहेको बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend