२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गायक पुष्प गजमेरको निष्ठुरीमा साक्षी र रमेशको अभिनय


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 11.6K
    SHARES

  • images
    गायक पुष्प गजमेरको निष्ठुरीमा साक्षी र रमेशको अभिनय

     

    काठमाडौं, ३१ साउन । गायक तथा संगीतकार पुष्प गजमेरको निष्ठुरी बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत पनि स्वयम गायक पुष्प गजमेरकै रहेको छ । जसमा चान्द सिंहको एरेन्ज रहेको छ । गीतमा प्रकाश मिश्रको मिक्सिगं तथा मास्टरिङ रहेको छ । भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ ।

    साक्षी लम्साल पछिल्लो समय रुचाइएकी मोडल हुन् । उनले दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय गरेकी छन् । निष्ठुरीमा पनि उनको अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

    भिडियो हिमालयन म्युजिक एकेडेमिबाट बजारमा आएको हो । प्रवासमा रहेर गायक गजमेरले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता दिइरहेका छन् । उनका दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

    भिडियो लिंक : https://youtu.be/ebD1rbwSuUU

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend