२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त


सञ्चार डबली
  • सोमबार, कात्तिक ३० २०८३
  • 2.5K
    SHARES

  • जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन् ।

    इन्डोनेसियाको बालीमा बसेको आईसीसीको सञ्चालक समिति तथा विभिन्न समितिको बैठकले शाहलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

    पुनः नियुक्तिपछि शाहले आफूलाई विश्वास गरेकोमा सञ्चालक समिति र सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेका छन् । उनले क्रिकेटको विश्वव्यापी विस्तार, दर्शक सङ्ख्या वृद्धि र व्यावसायिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

    उनले सन् २०२८ मा लस एन्जलस ओलम्पिकमा क्रिकेटको पुनरागमन खेलको विश्वव्यापी विकास र नयाँ पुस्तालाई आकर्षित गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

    शाहले २०२४ को डिसेम्बर १ देखि आइसीसी अध्यक्षको पद सम्हालेका थिए । पुन: नियुक्त भएसँगै उनी २०२८ को नोभेम्बरसम्म अध्यक्ष रहनेछन् ।  

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend