२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते


सञ्चार डबली
  • बिहीबार , मंसिर ३ २०८३
  • 770
    SHARES

  • भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा आज बिहीबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज २१४३ नम्बरको सुमो बिहान ८ः५५ बजे सडकबाट अन्दाजी २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । दुर्घटनामा मृतक भएका र घाइतेको पहिचान हुन बाँकी छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

    दुर्घटनामा घाइते भएकालाई स्थानीयवासी र सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ ।

    घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend