२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

चीन जानुअघि सभापति लामिछानेसँग सल्लाह लिँदै रास्वपा उच्चस्तरीय प्रतिनिधिमण्डल


सञ्चार डबली
  • शनिबार, कात्तिक २८ २०८३
  • 2.9K
    SHARES

  • चीन जानुअघि सभापति लामिछानेसँग सल्लाह लिँदै रास्वपा उच्चस्तरीय प्रतिनिधिमण्डल

    काठमाडौं । चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

    प्रतिनिधिमण्डलले आज बिहान सभापति लामिछानेसँग सभापति निवासमा भेट गरी चीन भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय टोली भोलिदेखि चीन भ्रमणमा जाँदैछ ।

    भ्रमणमा जानुअघि टोलीले सभापति लामिछानेसँग भेट गरी भ्रमणका विषयमा आवश्यक सल्लाह र सुझाव लिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend