२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

राप्रपाको अध्यक्ष पदमा शाहीले उम्मेदवारी दिने


सञ्चार डबली
  • बुधबार, मंसिर २ २०८३
  • 2.2K
    SHARES

  • राप्रपाको अध्यक्ष पदमा शाहीले उम्मेदवारी दिने

    काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने हुनुभएको छ । राप्रपाको संसदीय दलका नेता एवं कार्यसम्पादन समिति सदस्य रहेका शाहीले अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराउनुभएको हो ।

    राप्रपाको आठौं महाधिवेशनमा मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने शाहीले बताउनुभयो । ‘अध्यक्ष पदमा उठ्ने हो । १र२ दिनमा अध्यक्षमा उठ्ने औपचारिक घोषणा गर्नेछु,’ उहाँले भन्नुभयो ।

    राप्रपाको विद्यमान विधानको व्यवस्था अनुसार केन्द्रीय अध्यक्षको उम्मेदवार हुन एक कार्यकाल अनिवार्य पदाधिकारी हुनुपर्दछ । अध्यक्षको उम्मेदवार हुन पाउने उक्त प्रावधानमा भनिएको छ, ‘केन्द्रीय अध्यक्षमा उम्मेदवार हुन केन्द्रीय पदाधिकारी भई कम्तीमा एक कार्यकाल काम गरेको हुनुपर्दछ ।’

    अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री लगायत राप्रपामा पदाधिकारी हुन्छन् । शाही हाल प्रवक्ता पदमा छन् ।

    दोस्रोपटक अध्यक्ष हुने इच्छा राजेन्द्र लिङ्देनले देखाउनुभएको हो । यद्यपि, उहाँले औपचारिक रुपमा अध्यक्षमा उठ्ने बारे सार्वजनिक जानकारी गराउनुभएको छैन ।

    वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे अध्यक्षका अर्का आकांक्षी हुन् । पूर्व अध्यक्षद्वय कमल थापा र डा.प्रकाशचन्द्र लोहनीको समर्थनमा उहाँ अध्यक्षको आकांक्षी बन्नुभएको हो ।

    थापा, लोहनी र पाण्डेले आसन्न महाधिवेशनलाई लिएर जिल्ला भ्रमण सुरु गरिसक्नुभएको छ । सोमबार पोखरामा भएको कार्यक्रममा शाही पनि सहभागी थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ जित्ने शाही राप्रपाका एक्ला उम्मेदवार हुन् ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend