२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

प्लेअफमा पुग्न काठमान्डु र सुदूरपश्चिम भिड्दै, टस जितेर काठमान्डुले रोज्यो बलिङ


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २७ २०८३
  • 2.6K
    SHARES

  • प्लेअफमा पुग्न काठमान्डु र सुदूरपश्चिम भिड्दै, टस जितेर काठमान्डुले रोज्यो बलिङ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुले टस जितेपछि सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    आजको खेल जित्ने टोली प्लेअफमा प्रवेश गर्नेछ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ । आजको खेलमा दुवै टोलीले आफ्नो पहिलो रोजाइमा दुई(दुई खेलाडी परिवर्तन गरेका छन् ।

    सुदूरपश्चिमले अभिनाश बोहराको स्थानमा दीपक बोहरालाई मौका दिएको छ । यस्तै, सैफ जैबको स्थानमा फाबियन एलन पहिलो रोजाइमा परेका छन् ।

    यता काठमान्डुले पनि दुई खेलाडी परिवर्तन गरेको छ । अष्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अष्ट्रेलियाका साम हिजलेटले खेल्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend