२०८३, मंसिर ३ गते

images
Logo

Nov 19 2026 | २०८३, मंसिर ३ गते

images
  • बिहीबार , मंसिर ३ २०८३

एनपीएल : आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २७ २०८३
  • 2.5K
    SHARES

  • एनपीएल : आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थानको होडमा रहेका काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।

    दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमान्डु र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेलबाट चार जित र एक हारसहित आठ अङ्क जोडेको काठमान्डु अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

    छ खेल खेलेको सुदूरपश्चिम पनि चार खेलमा जित र दुई खेलमा हार बेहोर्दै आठ अङ्कसहित तेस्रो स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ ।

    यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ । पाँच खेलबाट दुई जित, दुई हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अङ्क बाँडेको चितवन पाँचौँ स्थानमा छ । छ खेल खेलेको जनकपुर भने दुई जित र चार हारसहित छैटौँ स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend