काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बिहीबार (कात्तिक २६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान चमिका करुणारत्नेले टस जितेर विराटनगरलाई फिल्डिङको निम्तो दिए । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् ।
विराटनगर चार अंकका साथ लिग तालिकाको छैटौँ स्थानमा छ । टोलीले पाँच खेल खेल्दा दुई जित र तीन हार व्यहोरेको छ । पोखरा दुई अंकका साथ पुछारमा छ । पोखराले पाँच खेल खेल्दा एक जित र चार हार व्यहोरेको छ ।
यी दुईबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।


