२०८३, कात्तिक १७ गते

images
Logo

Nov 03 2026 | २०८३, कात्तिक १७ गते

images
  • मंगलबार, कात्तिक १७ २०८३

बक्स अफिसमा कबड्डी ५ को बर्चस्व, अन्य फिल्मले कति कमाए ?


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 825
    SHARES

  • बक्स अफिसमा कबड्डी ५ को बर्चस्व, अन्य फिल्मले कति कमाए ?

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

    जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको  'गौंथली’ ले १ लाख ४६ हजार ६६४ टिकट बिक्री गर्दै २६ करोड ७ लाख ४६ हजार आम्दानी गरेको छ ।

    त्यस्तै, कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ३ लाख ४६ हजार ४२७ टिकट बिक्रीबाट १० करोड ७६ लाख ७३ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६२ हजार २०१ टिकट बिक्री गर्दै १० करोड २८ लाख २८ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ ।

    त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'आ बाट आमा २’ ले २ लाख १३ हजार ११४ टिकट बिक्रीबाट ६ करोड २४ लाख ७० हजार आम्दानी गरेको छ । यस्तै, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘बा : एक योद्धा’ले १ लाख २७ हजार २१७ टिकट बिक्री गर्दै ३ करोड ५४ लाख ४० हजार कमाएको छ ।

    यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले एक लाख ३ हजार ९७९ टिकट बिक्रीबाट ३ करोड ३४ लाख ८४ हजार आम्दानी गरेको छ भने असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ २’ ले भने ७४ हजार ८०३ टिकट बिक्री गर्दै २ करोड २९ लाख ५७ हजार आम्दानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend