२०८३, कात्तिक ११ गते

images
Logo

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

images
  • बुधबार, कात्तिक ११ २०८३

नेपाली बजारमा एलजी वाटर प्युरीफायर लोकप्रिय बन्दै


सञ्चार डबली
  • बुधबार, कात्तिक ११ २०८३
  • 715
    SHARES

  • नेपाली बजारमा एलजी वाटर प्युरीफायर लोकप्रिय बन्दै

    काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरीफायरले उपभोक्तामाझ राम्रो लोकप्रियता हासिल गरेको छ। कम्पनीका अनुसार यसको बिक्री उत्साहजनक रहेको छ ।

    एलजी वाटर प्युरीफायरमा पानी शुद्ध बनाउने आधुनिक प्रविधि प्रयोग गरिएको छ । यसमा सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर, रिभर्स अस्मोसिस (आरओ) लगायतका विभिन्न चरणमा पानी शुद्ध गर्ने प्रणाली रहेको छ। यसले पानीमा भएका विभिन्न अशुद्धता हटाउन मद्दत गर्छ ।

    यसमा ८ लिटर क्षमताको स्टेनलेस स्टिल ट्याङ्की रहेको छ, जसले परिवारको दैनिक आवश्यकताका लागि पानी भण्डारण गर्न सहज बनाउँछ । साथै, ट्याङ्कीमा धुलो तथा बाहिरी दूषित पदार्थ पस्न नदिन एयरटाइट कभर र लकिङ सिस्टम राखिएको छ ।

    यस वाटर प्युरीफायरको अर्को विशेषता ‘टु फ्री मेन्टिनेन्स’ सुविधा हो । यसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क सर्भिस, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भारसहित डिजिटल स्टेरिलाइजेसन केयर र दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उपलब्ध गराइनेछ ।

    गुणस्तरीय उत्पादनसँगै खरिदपछि पनि विशेष सेवा उपलब्ध गराउने भएकाले एलजी वाटर प्युरीफायरले उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend