२०८३, कात्तिक ९ गते

images
Logo

Oct 25 2026 | २०८३, कात्तिक ९ गते

images
  • आइतबार, कात्तिक ९ २०८३

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा रोकिने छैनन्: स्वास्थ्य मन्त्रालयको निर्देशन


सञ्चार डबली
  • शनिबार, कात्तिक १ २०८३
  • 1.5K
    SHARES

  • images
    दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा रोकिने छैनन्: स्वास्थ्य मन्त्रालयको  निर्देशन

    काठमाडौं। दसैँ बिदाको समयमा नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य मन्त्रालय र सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ। बिदाका समयमा अस्पतालका अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमा ल्याउन मन्त्रालयले आग्रह गरेको हो।

    मन्त्रालयले आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार (ICU) जस्ता संवेदनशील सेवाहरू कुनै पनि बहानामा अवरुद्ध नगर्न भनेको छ। यसका लागि आवश्यक जनशक्ति (स्वास्थ्यकर्मी तथा कर्मचारी) को ड्युटी रोस्टर पहिले नै तयार गरी पर्याप्त तयारी अवस्थामा राख्न निर्देशनसमेत दिइएको छ।

    साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्पतालहरूमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य सामग्रीको पर्याप्त भण्डारण (स्टक) गर्न भनिएको छ।

    सेवा प्रवाहलाई व्यवस्थित बनाउन र देखा पर्न सक्ने समस्या वा गुनासोको तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ। तोकिएका फोकल पर्सनको विवरण र ड्युटी रोस्टर मन्त्रालयको इमेलमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यो निर्णयको प्रभावकारी कार्यान्वयन र अनुगमन गरी दसैँभर स्वास्थ्य सेवा सहज बनाउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend