२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम पनि बढ्यो


सञ्चार डबली
  • बिहीबार , असोज २२ २०८३
  • 1.6K
    SHARES

  • images
    नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५ सय ७४.६५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २७ कम्पनीको घटेको छ ।

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि सामान्य बढेको छ । बिहीबार ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

    आजै मात्र लाभांश घोषणा गरेको कुथेली बुखरी स्मल हाइड्रोपावरमा लगानीकर्ताको बढ्दो आकर्षण रहेको छ । आज सबैभन्दा धेरै कमाउनेमा यहि हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend