२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

इंग्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सीले पहिलो खेलमा अंक बाँडे


सञ्चार डबली
  • सोमबार, साउन २९ २०८०
  • 8.9K
    SHARES

  • images
    इंग्लिस प्रिमियर लिगः लिभरपुल र चेल्सीले पहिलो खेलमा अंक बाँडे

    काठमाडौं २९ साउन । इंग्लिस प्रिमियर लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।आइतबार चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा

    एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमले गोल गर्न नसक्दा अंक बाँडेका हुन् ।पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल समान एक अंकसहित क्रमशः तालिकाको १०औं र ११औं स्थानमा छन् ।

    आइतबारै भएको अर्को खेलमा टोटनहमले पनि ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । ब्रेन्टफोर्डको मैदान जीटेक कम्युनिटी रंगशालामा भएको खेलमा क्रिस्टियन रोमेरोले ११औं मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता बनाएको थियो ।

    २६औं मिनेटमा ब्रायन एम्बेउमोले पेनाल्टी सदुपयोग गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काएका थिए । ३६औं मिनेटमा योएने विसाको गोलमा ब्रेन्टफोर्डले पाहुना टिमविरुद्ध २–१ को अग्रता बनाएको थियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन । पहिलो हाफको इन्जुरी समयमा एमेरसन रोयलले गरेको गोलबाट टोटनहम खेलमा फर्किएको थियो । यसपछि थप गोल हुन नसक्दा ब्रेन्टफोर्ड र टोटनहमले अंक बाँडे ।पहिलो खेलमै रोकिएका ब्रेन्टफोर्ड सातौं र टोटनहम आठौं स्थानमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend