२०८३, कात्तिक ९ गते

images
Logo

Oct 26 2026 | २०८३, कात्तिक ९ गते

images
  • सोमबार, कात्तिक ९ २०८३

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने केही सुधार


सञ्चार डबली
  • बुधबार, असोज २१ २०८३
  • 1.6K
    SHARES

  • images
    नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने केही सुधार

    काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा पुनः गिरावट आएको छ । सोमबार र मंगलबारको उतारचढावपछि नेप्से परिसूचक आज ६.३८ अंकले घटेर २ हजार ५७२ दशमलव ३४ बिन्दुमा झरेको हो ।

    मंगलबार नेप्से ११.९६ अंकले बढेको थियो । तर, बुधबार भने बजारले सो वृद्धि टिकाउन सकेन । आज वाणिज्य बैंक समूहबाहेक सबै १२ वटा समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.३८ प्रतिशतले घटेको छ ।

    कारोबार भएका कम्पनीमध्ये १६७ वटाको सेयर मूल्य घटेको छ भने १०० वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

    नेप्से परिसूचक घटे पनि आज कारोबार रकम र कारोबार भएको सेयर कित्तामा भने सुधार देखिएको छ । बुधबार ३५९ वटा कम्पनीका १ करोड ३ लाख ६८ हजार ८८८ कित्ता सेयर ३ अर्ब ४७ करोड ८० लाख ८० हजार रुपैयाँमा किनबेच भएका छन् ।

    यसअघि मंगलबार ३५९ वटा कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर ३ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको थियो ।

    यसरी हेर्दा नेप्सेमा गिरावट आए पनि बुधबार कारोबार रकममा करिब ३५ करोड रुपैयाँले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend