२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शिल्पा र छवि ओझाबीच अंशवण्डासहित सम्बन्धविच्छेद, शिल्पाले आधा सम्पति पाउने


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 9.2K
    SHARES

  • images
    शिल्पा र छवि ओझाबीच अंशवण्डासहित सम्बन्धविच्छेद, शिल्पाले आधा सम्पति पाउने

    सोमबार, १५ फागुन २०७९, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो । शिल्पाले छविसँग सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । साथै, अंशबण्डा नभएसम्म मानापाथी भर्न र छविले आधा सम्पत्ति दिने फैसला सुनाएको हो । भने छविसँग हुँदा लागेको ऋणको आधा हिस्सा पनि शिल्पाले व्यहोर्नुपर्नेछ ।

    न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो । तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई अदालतले खारेज गरेको छ । अदालतले आफ्नो वेबसाइटमा शिल्पाको उजुरीमा दाबी पुग्ने फैसला सुनाएको हो ।फैसलाको पूर्णपाठ आउन बाँकी छ’ छविराजले भने, ‘अदालतको फैसला मानेर शिल्पासँग सल्लाह गरेर अगाडि बढ्छु ।’  

    अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा समेत खारेज गरिदिएको छ । जेठी श्रीमतीसँग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै अदालतले मुद्दा खारेज गरिदिएको हो ।  जिल्लामा मुद्दा हारेका छविराज ओझा शिल्पासँगको छलफलपछि उच्च अदालत जाने नजाने निर्णय गर्ने बताए । शिल्पाले फैसलाको समाजिक संजालबाट खुसी समेत ब्यक्त गरेकी छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend