२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्र बैंकद्वारा ६ लघुवित्तमाथि कारबाही


सञ्चार डबली
  • बुधबार, असोज ७ २०८३
  • 759
    SHARES

  • images
    राष्ट्र बैंकद्वारा ६ लघुवित्तमाथि कारबाही

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ ।

    आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार चारवटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने दुई संस्थालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै नगद जरिवाना गरिएको छ ।

    न्यूनतम पुँजीकोष अनुपात नपुगेपछि फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआईसी लघुवित्त वित्तीय संस्था कारबाहीमा परेका हुन् ।

    राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा फरवार्ड लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत, धौलागिरीको ६.३८ प्रतिशत, मातृभूमिको ४.०८ प्रतिशत र एनआईसी लघुवित्तको ६.३९ प्रतिशत रहेको थियो। नियामकीय मापदण्डअनुसार पुँजीकोष कायम नभएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी, बनेपा–काभ्रेपलाञ्चोकस्थित वीन नेपाल लघुवित्त वित्तीय संस्थालाई २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पहिलो पटक ५६ हजार ३८० रुपैयाँ नगद जरिवाना गरिएको छ ।

    त्यस्तै, तुलसीपुर–दाङस्थित सञ्जीवनी लघुवित्त वित्तीय संस्थालाई २०८२ चैत, २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै क्रमशः ७१ हजार ३८० रुपैयाँ, १ लाख ६ हजार ७४० रुपैयाँ, १ हजार ४१२ रुपैयाँ ९१ पैसा र १ हजार ४१० रुपैयाँ ७८ पैसा जरिवाना गरिएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend