२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • सोमबार, असोज ५ २०८३
  • 1.8K
    SHARES

  • images
    हिमालयन बैंकको ८.५ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आइतबारदेखि उक्त संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ ।

    यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया पूरा भएपछि अब जो–कोही व्यक्ति तथा कम्पनीले पनि सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन काठमाडौँको कमलादीस्थित बैंकको कानून विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बैंकले तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था बमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend