२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तीज गीत ‘आँशु बरर…’ सार्वजनिक


सञ्चार डबली
  • आइतबार, भदौ ७ २०८३
  • 1.9K
    SHARES

  • images
    तीज गीत ‘आँशु बरर…’ सार्वजनिक

    काठमाडौं । गायक सुरेश शाहीको स्वरमा तीज गीत ‘आँशु बरर…’ सार्वजनिक भएको छ । नेपाली महिलाका दैनिक भोगाइदेखि पारिवारिक सम्बन्ध र बेरोजगारीसम्मका विषय गीतमा समेटिएका छन् ।

    गायक शाहीको युट्ब च्यानलबाट आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको स्वर रहेको छ । सुमित्रा खड्काको रचना रहेको गीतको म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदीपा पाठक र विक्की विश्वकर्माको अभिनय छ । म्युजिक भिडियोको निर्देशन शेर शाहीले गरेका छन् ।

    गीतमा सुनको बढ्दो भाउ, सासू-बुहारी र नन्द-भाउजूको सम्बन्धदेखि विदेशिएका जेठाजु र देवरका कहानीसम्म समेटिएको छ ।

    रचनाकार सुमित्रा खड्का यो तीजमा आफूहरूको गीतले भरपूर मनोरञ्जन दिने विश्वास गर्छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend