२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फुड इम्पायर सिंगापुरद्वारा चेम्बरमार्फत बाढीपीडितका लागि २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग, पहिलो चरणमा राहत वितरण


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 1.8K
    SHARES

  • images
    फुड इम्पायर सिंगापुरद्वारा चेम्बरमार्फत बाढीपीडितका लागि २० हजार अमेरिकी डलर बराबरको राहत सहयोग, पहिलो चरणमा राहत वितरण

    काठमाडौं, ३० भाद्र । विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । फुड इम्पायरले उक्त सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदान गरेको हो ।

    हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा चेम्बरमार्फत आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले फुड इम्पायर होल्डिङ्सले सहयोग गरेको हो ।

    चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले आर्कस ग्रुपसँग समन्वय गरी नेपाल चेम्बर मार्फत सहयोग गरेको जानकारी दिए ।

    श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सबाट प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    “फुड इम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशुली क्षेत्रमा खाद्यन्न र लत्ताकपडा, सेनेटरी प्याड लगायतका राहत वितरण गरिएको छ” उनले भने । प्राप्त सहयोगबाट पहिलो चरणमा करिब ३ लाख बराबर सामाग्री वितरण गरिएको छ । बाढी प्रभावित मागको आधारमा अझै २७ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाईने श्रेष्ठले उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend