२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

वन अधिकृतविरुद्ध १५ हजार बिगो दाबी गर्दै अख्तियारद्वारा मुद्दा दायर


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 1.2K
    SHARES

  • images
    वन अधिकृतविरुद्ध १५ हजार बिगो दाबी गर्दै अख्तियारद्वारा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वन अधिकृतविरुद्ध १५ हजार बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ) भुवन पौडेलविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले जनाएअनुसार काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत उनले सेवाग्राहीसँग लाभ लिएका थिए ।

    उनका विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) बमोजिम १५ हजार बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend