काठमाडौँ / नेपालको महान चाड दशैँको अवसरमा नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले विशेष चाडपर्व लक्षित उपभोक्ता योजना ‘टिभिएस गाेल्डेन कि’ सार्वजनिक गरेको छ।
यस वर्षको दशैँलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्।
योजनाअन्तर्गत टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकले रु. १० लाखसम्म नगद छुट, Gold Key वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन्। हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले ‘TVS Golden Key’ योजनाले दशैँमा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने अनुभवलाई थप आकर्षक र लाभदायी बनाउने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसरसमेत पाउनेछन्। यसबाट ग्राहकले सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सेवाको थप लाभ प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, दशैँमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई सहज र पहुँचयोग्य बनाउन ग्राहकले सहज फाइनान्स सुविधा समेत प्राप्त गर्नेछन्। यो सुविधा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेगरी उपलब्ध हुनेछ।
योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्स प्रा. लि. का उपाध्यक्ष दीपक रौनियारले दशैं उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व भएको बताए। टीभीएसले आफ्ना ग्राहकको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसर प्रदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।
रौनियारले ‘TVS Golden Key’ मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्ने र दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसरसमेत पाउने बताए। यस योजनाले नयाँ टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने अनुभवलाई चाडपर्वमा अझ रोमाञ्चक र फलदायी बनाउने विश्वास उनले व्यक्त गरे।
यसैगरी, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकहरू कम्पनीको सम्पूर्ण कार्यको केन्द्रमा रहँदै आएको बताए। ‘TVS Golden Key’ योजना ग्राहकलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको भनाइ छ।
गुप्ताका अनुसार अभियानमार्फत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नेछन् भने दैनिक लक्की ड्रले थप उत्साह र जित्ने अवसर प्रदान गर्नेछ।
सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउने विश्वास उनले व्यक्त गरे।
नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र वितरक जगदम्बा मोटर्स प्रा. लि. ले विस्तृत राष्ट्रव्यापी नेटवर्क, आफ्टर–सेल्स सपोर्ट तथा नवीन र उच्च गुणस्तरका सवारीसाधनमार्फत नेपालभर सहज यात्रालाई अगाडि बढाउन भूमिका खेल्दै आएको जनाएको छ। कम्पनीले विश्वव्यापी रूपमा मान्यता प्राप्त उत्पादन तथा प्रविधि नेपाली उपभोक्ताका लागि भित्र्याउँदै रोजगारी, सीप विकास र नेपालको अटोमोबाइल क्षेत्रको वृद्धिमा योगदान पुर्याउँदै आएको जनाएको छ।



