२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यशोदा फुड्स र श्रीराम टोबाको प्रा.लि द्वारा रु. ३ करोड ५१ लाख ५१ हजार नगद र रु. ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग प्रदान


सञ्चार डबली
  • बुधबार, भदौ २४ २०८३
  • 2.0K
    SHARES

  • images
    यशोदा फुड्स र श्रीराम टोबाको प्रा.लि द्वारा रु. ३ करोड ५१ लाख ५१ हजार नगद र रु. ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग प्रदान

    काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा रु. ३ करोड ५१ लाख ५१ हजार (तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छन्।

    उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष श्री कमल किशोर मालपानीज्यू र चेयरमेन श्री चुन्न प्रसाद शर्माज्यूले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको थियो।

    यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा रु. ३० लाख बराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउहरु वितरण गरेको थियो र आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पिडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

    साथै, यस विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रा.लि पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कुरा कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend