२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २२ लाख सहयोग


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 1.8K
    SHARES

  • images
    सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २२ लाख सहयोग

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।

    बागमती प्रदेशको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम सहयोग गरेको जनाएको छ।

    अर्थ मन्त्रालय, सिंहदरबारमा आज आयोजित एक समारोहबीच बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति थियो।

    बैंकले बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    यसैगरी, बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ। तत्काल राहत पुर्‍याउने उद्देश्यले बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका प्रभावितका लागि चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु र चाउचाउलगायत खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। बैंकका अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामुदायिक विद्यालय, वृद्धाश्रम र अनाथालयलाई समेत आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

    बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend