२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बैंकहरूलाई सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन


सञ्चार डबली
  • शनिबार, भदौ २० २०८३
  • 3.8K
    SHARES

  • images
    बैंकहरूलाई सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा जारी राख्न बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

    परिपत्रमा रसुवालगायतका जिल्लामा बाढी प्रभावितका लागि राहत वितरण तथा उद्धार कार्यमा सघाउ पुर्याउने प्रयोजनका लागि भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म लगातार परेको सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न निर्देशन दिएको हो।

    यो व्यवस्थाबारे सरोकारवाला निकायलाई पनि जानकारी गराउन केन्द्रीय बैंकले भनेको छ। तीन दिन लगातार लामाे बिदा हुँदा सरकारले बैंकहरूलाई काराेबार सञ्चालन गर्न निर्देशन दिएकाे हाे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend