२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 1.2K
    SHARES

  • images
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदाै १८ गते बिहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६ अर्ब २ कराेड १३ लाख ४८ हजारकाे १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    प्रस्तावित नगद लाभांशमा करसमेत समावेश गरिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

    हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा कायम हुनेछ ।

    काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिमसहित ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend